८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज उपत्यकाको तापक्रम तीन डिग्री

अ+ अ-

काठमाडौँ । उपत्यकामा आइतबार बिहानको तापक्रम ३ डिग्री सेल्सियस पुगेको छ। शनिबार न्यूनतम तापक्रम एक दशमलव तीन डिग्रीमा झरेको तापक्रम आज झण्डै २ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आइतबार देशका केही ठाउँमा हल्का पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि दिउँसोको तुलनामा मौसम अझै बदली हुनेछ भने पानी पर्ने क्रम बढ्नेछ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ भने सुदूरपश्चिम, कर्णाली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबारको मौसम खराव हुने मौसमविद्को पूर्वानुमान छ। सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई सुदूरपश्चिम, कर्णाली, गण्डकी र बाग्मती प्रदेशका उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ को केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी सोमबार राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, प्रदेशका बाग्मती र प्रदेश १ को केही ठाउँमा हल्का वर्षाको सम्भावना छ भने उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेछ ।

यसैगरी मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, बाग्मती र प्रदेश १ मा पानी पर्ने र उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ ।

मंगलबार रातिदेखि भने मौसममा थोरै सुधार आउनेछ । मंगलबार राति भने सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का पानी पर्ने र सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भू–भागमा हिमपात पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस