१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

अ+ अ-

अमेरिकामा करिब ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । जस्टिस डिपार्टमेन्टका अनुसार लिसा मोन्टग्यामेरीलाई जनवरी १२ मा इन्डियानामा घातक सुई लगाएर मृत्युदण्ड दिइँदैछ ।

सन् २००४ मा लिसा मोन्टग्यामेरीले मिसौसीमा एक गर्भवती महिलाको हत्या पश्चात्, उनको पेट काटेर बच्चा निकालेकी थिइन् ।

यसअघि बोनी हेडी नामक महिलालाई मृत्युदण्ड दिइएको थियो। उनलाई सन् १९५३ मा मिसौरीमा ग्यास चेम्बरमा राखेर मृत्युदण्ड दिइएको डेथ पेनाल्टी इन्फर्मेशन सेन्टरले जानकारी दिएको छ ।

अमेरिकाको अटोर्नी जनरल विलियम बारले यसलाई जघन्य अपराधको सूचीमा राखेका छन् । गत वर्ष अमेरिकाको सरकारले मृत्युदण्डको यो निर्णय यथावत् हुने बताएको थियो ।

को हुन् लिसा मोन्टगोमेरी ?
लिसाले सन् २००४ मा कान्सासबाट मिसौरीस्थित बुबी जो स्टिनेटको घरसम्म ड्राइभ गरिन् । डिपार्टमेन्ट अफ जस्टिस प्रेस रिलिजका अनुसार उनको मुख्य उद्देश्य कुकुर किन्नु थियो ।

‘मोन्टगोमेरीले स्टिनेटलाई उनको घरभित्र आक्रमण गरिन् । उनी आठ महिनाकी गर्भवती थिइन् । सुरुमा उनले स्टिनेन्टलाई बेहोस् हुनेगरी आक्रमण गरिन्,’ यसमा भनिएको छ ।

‘किचनको चक्कू प्रयोग गरेर मोन्टगोमेरीले स्टिनेटको पेट काटिन्, यत्तिकैमा उनको होस् खुल्यो । त्यसपछि स्टिनेटले संघर्ष गर्न थालिन् । अन्ततः मोन्टगोमेरीले स्टिनेटको घाँटी थिची हत्या गरिन् । मोन्टगोमेरीले त्यसपछि स्टिनेटको शरीरबाट बच्चा निकालिन् र आफ्नै बच्चा भएको भनेर त्यहाँबाट निस्कन खोजिन् ।’ सन् २००७ मा मोन्टगोमेरीलाई अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय दिइयो ।

यद्यपि, मोन्टगोमेरीका वकिलले उनीमाथि वाल्यकालमा अत्यधिक कुटपिट भएकोले दिमागमा क्षती पुगेको र उनको मानसिक अवस्था पनि ठिक नभएकोले मृत्युदण्ड दिन नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस