७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुगलमा पहिलोपटक कर्मचारी युनियन गठन

अ+ अ-

काठमाडौँ । गुगल तथा अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् ।

मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारीरकामदारका साथै कन्ट्रयाक्टरलेसमेत सदस्यता लिनसक्ने बताइएको छ ।

कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो मुख्य प्रविधि कम्पनीहरुमा कर्मचारीहरुद्वारा र कर्मचारीहरुकै लागि स्थापित पहिलो संगठन हो । ‘हामीले हाम्रा प्रतिधिहरु निर्वाचित गर्नेछौँ, प्रजातान्त्रिक रुपमा निर्णय लिनेछौँ, सदस्यता शुल्क तिर्नेछौँ । साथै कम्पनीले आफूहरुको मूल्य प्रतिबिम्बित गरोस् भन्ने कर्मचारीहरुको चाहना पूर्तिका लागि सहकार्य गर्नेगरी हामीहरुले कुशल संगठकहरु आबद्ध गर्नेछौँ ।’

सुरुवाती चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासँगबाट युनियनको कार्ड प्राप्त गरेका छन् ।

आफ्ना कर्मचारीहरुले पहिलोपटक संगठन खोलेको घटनाप्रति गुगलले सकारात्मक प्रतिक्रिया दिएको छ । आफु कर्मचारीहरुसँगै सहकार्य गर्न तयार रहेको गुगलले जनाएको छ ।

गुगलका अधिकारीले सिएनएनसँग भनेका छन्, ‘हामीले हाम्रो जनशक्तिका लागि सदैव सहयोगी तथा पुरस्कृत हुने खालको कार्यवातावरण सिर्जना गर्न कठिन परिश्रम गर्दै आएका छौँ । हाम्रा कर्मचारीहरुमा निश्चितरुपमा श्रम अधिकार निहित छ र हामी यसको समर्थन गर्दछौँ । तथापि हामीले सधैँझैँ हाम्रा सम्पूर्ण कर्मचारीहरुसँग प्रत्यक्ष रुपमै सम्बन्ध कायम गर्ने कुरालाई निरन्तरता दिनेछौँ ।’ सिएनएनको सहयोगमा

प्रतिक्रिया दिनुहोस