७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देवघाटमा माघेसङ्क्रान्ति मेला नहुने

अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो । माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्र्थालु भक्तजन मेला भर्न आउने गरेको विगतको तथ्याङ्क छ ।

कार्यकारी निर्देशक घिमिरेले स्नान घरमानै गरेर यस वर्ष माघेसङ्क्रान्ति मनाउन अनुरोध गरिएको जानकारी दिए । उनले भने ‘बेनीमा स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौ ।’ स्वास्थ्य सतर्र्कता अपनाएर स्नान गर्न अनुरोध गरिएकोे उनको भनाइ छ ।

देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे छ । छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् । मेला व्यवस्थापन गर्न तीन जिल्ला चितवन, तनहुँ र नवलपरासीका सुरक्षा निकाय खटिने गर्दथे । पुस मसान्तमा बेनीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस