१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी संसदमा ट्रम्प समर्थकको तोडफोड, प्रहरीको गोली लागेर एक महिलाको मृत्यु

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले संसद भवनभित्र तोडफोड गरेका छन् । ट्रमपका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवन भित्र छिरेर तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर एक महिलाको मृत्यु भएको छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका थिए। उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए।

परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ।राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्। उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस