८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको आगामी निर्वाचनका विभिन्न चरणमा अपनाउनु पर्ने तथा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा छलफल गरेको छ ।

आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पदाधिकारीबीच निर्वाचन लक्षित स्वास्थ्य सुरक्षासम्बन्धी कार्यविधि र मापदण्ड तयार गर्ने केन्द्रित रहेर छलफल भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। सरकारले प्रतिनिधिसभाको आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

आयोगले उक्त निर्वाचनका सन्दर्भमा तोकिएको जिम्मेवारी र सम्पादन गर्नुपर्ने समयमा सम्पन्न गर्न जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई निर्देशन दिन गृहसहितका मन्त्राललाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिलाई आवश्यक सहयोग, सहकार्य र समन्वयका लागि मातहत कार्यालयहलाई निर्देशन दिन गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समेत अनुरोध गर्ने निर्णण भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको संयोजकत्वमा बसेको मतदान स्थल तथा केन्द्र निर्धारण समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा आयोग, अर्थ (राजश्व), गृह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस