९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मजदूरको सुरक्षा मजबुद पार्न आग्रह

अ+ अ-

रसुवा । विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन् । गाउँ क्षेत्रका सडक निर्माण गर्दा डोजरले यत्रतत्र झारेका ढुङ्गाले मानिसको ज्यानसमेत जान थालेपछि सबैखाले विकासको काममा सहभागी गराइने मजदूरको सुरक्षामा पहिलो ध्यान दिन आवाज उठेको छ ।

रसुवा जिल्लाको अधिकांश भूभाग भिरालो भएको र ती स्थानमा सडक मार्ग खुलाउँदा स्काभेटर तथा डोजरजस्ता उपकरणले फ्याँकेका ढुङ्गा र माटोले वर्षायाममा भूक्षयको सम्भावना बढ्दै गएको छ । सडक खन्दा निस्केका ढुङ्गा र माटो सही तरिकाले व्यवस्थापन नगर्दा विभिन्न दुर्घटना हुने गरेकाले त्यसको सही ठाउँमा व्यवस्थापन हुनुपर्ने बुद्धिजीवीको सुझाव छ ।

सडकको ट्रयाक तथा वर्षे पानी व्यवस्थापनका लागि डोजरले जमीन खोल्ने र टेवा पर्खाल एवं नालीको काममा संलग्न मजदूरलाई कार्यस्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न नौकुण्डका समाजसेवी सुरेश तामाङले आग्रह गर्नुभयो । काम लगाएको स्थानमा मजदूरलाई सुरक्षा सामग्री प्रदान नगर्नु, जोखिम न्यूनीकरणका लागि अगुवा नाइकेको व्यवस्था नहुनु र पूर्णरूपमा कामको जिम्मा पाएका व्यक्ति, फर्म, वा कन्सल्टेन्सीका जिम्मेवार व्यक्ति उपस्थित नहुनेजस्ता कारण मजदूरको ज्यान जोखिममा परेको तामाङले बताए।

काम गर्ने स्थानमा विद्युत् आयोजनामा जस्तै हेलमेट, पञ्जा, गमबुठ, सफापानी, प्राथमिक उपचारका सामग्री र स्वास्थ्यकर्मीसमेतको व्यवस्था गर्न मजदूरले मागसमेत गरेका छन् । धुुञ्चे–९ केवु त्रिशूली खोला सडकको नाली निर्माणको काम गरिरहेको अवस्थामा नौकुण्ड गाउँपालिका–१ संयुल गाउँका मजदूर दमै थोक्राको डोजरले पल्टाएकै ढुङ्गाले किचेर यही पुस २१ गते घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस