११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन गतिविधि रोक्न माग गर्दै दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा

अ+ अ-

काठमाडौँ । निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ।

निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको भन्दै मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड(नेपाल पक्ष आयोग गएको हो।

आयोगले पुस १७ गते पठाएको पत्रप्रति आपत्ति जनाएको यो समूहलेलाई आयोगले फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। यो समूहले भने आधिकारिक नेकपा आफू नै भएको दावी गरेको छ।

दाहाल-नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ। आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।

अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस