१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ ।

गत हप्ताबाट कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याउने उद्देश्यले गाउँपालिकाले यहाँका ३६ सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम शुरु गरिएको हो । सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि विद्यालयलाई अनुदान दिन्छन् ।

गाउँपालिकाले दिवा खाजा कार्यक्रमका लागि अनुदान उपलब्ध गराउँदा विद्यालयले स्थानीय उत्पादन र शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याउने खालका खाजा व्यवस्थापन गर्नुपर्नेछ । जसअनुसार एक हजार ७०० विद्यार्थीलाई कोदोको रोटी, मकै, भटमास, फर्सी, आलुजस्ता स्थानीय उत्पादनका परिकार दिवा खाजाको रुपमा दिन थालेका छन् ।

दिवा खाजामा स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउन गाउँपालिकाले जोड दिएको हो । बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायतका फास्टफुड विद्यालयले दिवा खाजाको रुपमा विद्यार्थीलाई दिएमा विद्यालयलाई दिने आनुदान कटौती गर्ने पाथीभरा याङवारक गाउँपालिका अध्यक्ष केशरबहादुर मेन्याङबोले बताए ।

दिवा खाजाको रुपमा विद्यालयले बिस्कुट, चाउचाउ, थुक्पा, चाउमिन, भुजियालागायत फास्टफुडले स्थानीय उत्पादनलाई ओझेलमा पर्ने र स्वास्थ्यका लागि पनि शक्तिवद्र्धक नहुने भएकाले स्थानीय उत्पादनलाई दिवा खाजको रुपमा प्रदान गर्ने भएको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन र स्थानीयवासीको पनि आयआर्जन हुने भएकाले स्थानीय उत्पादनलाई मात्र खाजाको रुपमा प्रयोग गर्न लागेको अध्यक्ष मेन्याङबोको भनाइ छ ।

शक्तिवद्र्धक खाजा वा फास्टफुड के खुवाएको हो भनेर सुपरीवेक्षण तथा अनुगमन पालिकाले गर्ने गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले बताए । विद्यालयले प्राप्त रकम विद्यार्थी वा अभिभावकलाई दिन नपाइ एकीकृत रूपमा व्यवस्थापन गरी खाजा खुवाउनुपर्ने उनले बताए । अनुगमनका क्रममा शर्तविपरीतका कार्य भएको पाइएमा दिवा खाजा कार्यक्रमअन्तर्गत थप रकम निकासा रोक्का गर्ने अधिकृत तामाङले बताए ।

विद्यार्थीहरुले विद्यालयमै दिवा खाजा निःशुल्क पाउन थालेपछि पूरा समयसम्म पढाइ हुन थालेको युवा आधारभूत विद्यालयका प्रधानाध्यापक हेमराज खतिवडाले बताए । सामुदायिक विद्यालयमा पढ्ने भनेको सामान्य परिवारकै छोराछोरी भएकाले कतिपय विद्यार्थीले बिहानको खाना नखाइ आउने र दिउँसो भोक लाग्यो भन्दै घर जाने क्रम रोकेको उनले बताए । दिवा खाजाले विद्यार्थीलाई पढाइप्रति थप अभिरुचि प्रदान गरेको उनको भनाइ छ ।

यस्तै फक्ताङलुङ गाउँपालिकाले ४० सामुदायिक विद्यालयमा विद्यार्थीलाई गत महिनादेखि दिवा खाजा दिँदै आएको शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताए । ताप्लेजुङका नौमध्ये सात स्थानीय तहमा विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम लागू गर्ने तयारी भइरहेको सम्बन्धित शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस