१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाइरल ज्वरोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

अ+ अ-

खोटाङ । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि जन्तेढुङ्गा गाउँपालिकास्थित सबै विद्यालय बन्द गरिएको छ ।

निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए।

गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालित छन् । विद्यालय बन्द भएपनि आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण र भौतिक निर्माणलगायत प्रशासनीक कार्य सञ्चालन गराउन सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

शिक्षा समितिको मङ्गलबार बसेको बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै एक सप्ताहका लागि कक्षा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

यसैबीच साकेला गाउँपालिकाले शिक्षा ऐन, २०७७ कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबार आयोजना गरिएको दशौँ गाउँसभाले १७ परिच्छेद ९८ दफा र १७ अनुसूची समावेश गरिएको सो ऐन ल्याएको हो ।

सो ऐन पारित भएपछि मुख्य गरी सामुदायिक विद्यालयमा रिक्त रहेका अङ्ग्रेजी, गणित, विज्ञान, लेखा, कम्प्युटर, सिभिल इन्जिनीयर, इलेक्ट्रिकल इन्जिनीयर, पशुपालन वा बाली विज्ञानलगायत प्राविधिक विषयको जनशक्ति परिपूर्ति गर्नका लागि स्थानीय अस्थायी अध्यापन अनुमतिपत्र जारी गर्न सक्ने बाटो खुलेको छ । यसरी दिइएको अध्यापन अनुमतिपत्र पाँच वर्षका लागि मान्य हुने बताइएको छ ।

त्यस्तै ‘साकेला गाउँपालिकाको अबको निकास, सामाजिक आर्थिक रुपान्तरणसहितको दिगो विकास’ भन्ने नाराका साथ सञ्चालित गाउँसभाले बहुमतका आधारमा सो ऐन पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस