११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय खुल्ने

अ+ अ-

भादगाउँ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् ।

मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको बैठकले माघ ४ गतेदेखि विद्यालय सञ्चालन गर्ने गरिएको निर्णयानुसार विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ ।

नगरपालिकाले जारी गरेको निर्देशिकामा विद्यालय सञ्चालन सम्बन्धी ढाँचा–२०७७ को बुँदा नं ३ अनुसार विद्यालय सञ्चालन पूर्व गर्नुपर्ने सबै तयारी पूरा गर्नुपर्ने, विद्यार्थी सङ्ख्या र भौतिक उपलब्धताका आधारमा स्वास्थ्य मापदण्ड पालना हुने गरी आवश्यकताअनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्ययोजना विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गरी लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रममापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बताए ।

त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने भए स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने र कोभिड– १९ सङ्क्रमितको सङ्ख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशनसमेत दिइएको छ ।

यसैबीच विद्यालय सञ्चालन गर्न नगरपालिकाले शुल्कसमेत निर्धारण गरेको छ । नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत विद्यालयले मासिक शिक्षण शुल्क तहगत र श्रेणीगत रुपमा शैक्षिक सत्र २०७६ का लागि नगरपालिकाबाट तोकिएको शुल्क शैक्षिक सत्र २०७७ का लागि कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिकाले शैक्षिक सत्र २०७७ का लागि वार्षिक शुल्क ५० प्रतिशत मात्र लिने व्यवस्था गर्न निर्देशन समेत दिएको छ ।

विद्यालयले विद्यार्थीसँग शुल्क लिँदा सम्बन्धित विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर सम्बन्धित विद्यार्थी वैकल्पिक प्रणालीमा सहभागी भएको समयको मात्र मासिक शुल्क लिन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस