८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री ज्ञवाल र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । तीनदिने औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीसँग भारतीय रक्षामन्त्री सिंहले शनिवार विहान भेटवार्ता गरेका हुन् ।

भेटवार्ता नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भएको हो । बिहान साढे नौ बजेदेखि सुरु भएको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यपनि उपस्थित भएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेकाछन्, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

मन्त्री ज्ञवालीले शनिबार बिहान नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग पनि अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

त्यस्तै, शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए । भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

मन्त्री ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस