१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री ज्ञावाली स्वदेश फिर्ता : भारतले कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता पूर्ति गरिदिने सहमति

अ+ अ-

काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन बिहिबार भारत गएका परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली स्वदेश फर्केका छन् । परराष्ट्रमन्त्री ज्ञवाली शनिबार अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्केका हुन्।

भारत भ्रमणबाट फर्किएलगत्तै उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी गराएका छन्।

सन् १९५० को सन्धिको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरु टुंग्याउनेलगायतका विषयमा गहन छलफल भई सकारात्मक निष्कर्ष निकालेको दाबी पनि परराष्ट्रमन्त्री ज्ञवालीले गरेका छन्।

त्यस्तै, कोभिडका कारण बन्द भएका हवाई तथा स्थलमार्गहरु खोल्दै जाने सहमति पनि भएको छ।

त्यस्तै, रक्सौल-काठमाडौँ रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर(कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने सहमति पनि दुई देशका अधिकारीहरुबीच भएको मन्त्री ज्ञवालीले नेपाल फर्केपछि पत्रकारहरुलाई बाँडेको विज्ञप्तिमा उल्लेख छ।

भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने सहमति पनि भएको छ। पारवहन तथा रेलसम्बन्धी सम्झौता पुनरावलोकनको सहमति पनि भ्रमणका क्रममा भएको छ।

बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतयास् पाँचवटा समूह अन्तर्गत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने सहमति गरेको पनि मन्त्री ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ।

नेपाल-भारत सम्बन्ध घनिष्ठ, सघन र विविध रहेकाले द्विपक्षीय संयन्त्रहरु नियमित र प्रभावकारी हुनु अत्यन्त जरुरी रहेको पनि मन्त्री ज्ञवालीले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस