१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली बहुमुखी क्याम्पस अब सुदूरपश्चिम विश्वविद्यालय मातहत

अ+ अ-

काठमाडौँ । कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याइएको छ।

यसअघि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालित कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको २०७० भदौ ३० को विश्वविद्यालय सभाको निर्णयबमोजिम विश्वविद्यालयको गत पुष ३ गतेको साधारणसभाबाट स्वीकृत भई आंगिक क्याम्पसका रुपमा आवद्ध गरिएको हो ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशी, राजिष्ट्रार डा. गोविन्दसिंह विष्ट र कैलाली बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष सूर्यबहादुर थापा, उपाध्यक्ष धनगढी उपमहानगरपालिका मेयर नृप वड, समायोजन कार्य दल संयोजक तथा पूर्व अध्यक्ष घनबहादुर शाह र क्याम्पस प्रमुख डा. पदमराज जोशी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

क्याम्पसमा सञ्चालित त्रिविका शैक्षिक कार्यक्रमको व्यवस्थापन, परीक्षा सञ्चालन , शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका सम्पूर्ण व्यवस्थापनका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसबीच त्रिपक्षीय सम्झौता गरी क्याम्पसमा सञ्चालित त्रिविका कार्यक्रमहरुलाई क्रमिक रुपमा प्रतिस्थापन (फेजआउट) गर्दै जाने र विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु यसै शैक्षिक सत्रदेखी प्रारम्भ (फेजइन) गर्दै जाने सम्बन्धमा सहमति भएको छ ।

विस २०३७ सालमा सामुदायिक क्याम्पसका रूपमा कैलालीको धनगढीमा स्थापना भएको कैलाली बहुमुखी क्याम्पसमा सरकारी लगानी ल्याउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँग आइतबार सम्झौता गरिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस