११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमको कर्मचारी भन्दै डकैती गर्ने पक्राउ, प्राविधिक कर्मचारी संलग्न रहेको आंशका

अ+ अ-

सप्तरी । नेपाल टेलिकमको जीसिएम मोबाइल विटिएस साइटमा लाखौँ मूल्य बराबरको सामग्री डाँका गर्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले डाँका भएको १० लाखभन्दा बढी मूल्यको सामग्रीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।

सिसिटिभी फुटेज, घरधनी र नेपाल टेलिकमको कर्मचारी भनी प्रस्तुत हुने व्यक्तिहरुको हुलिया लिएर खोज तलास गर्ने क्रममा चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

डाँका गर्ने मुख्य अभियुक्त सिराहाको लहान नगरपालिका–१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादवसहित चार जना पक्राउ परेको प्रहरी उपरीक्षक धमलाले बताए । प्रहरीले डाँका घटनामा प्रयोग भएको सवारी साधन ना ४ ख ७२४६ नम्बरको मिनी ट्रकसहित गाडीका धनी सिरहा लहान नगरपालिका–३ डगराहा टोलका ३५ वर्षीय सूर्यनारायण महतो, डाँकाको समान बिक्री गर्ने लहान नगरपालिका–३ अस्पताल चौकका ३५ वर्षीय पवन जायसवाल र ब्याट्री खरिद गर्ने कबाडी सञ्चालक सिरहाको गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दीपक अग्रवाल पक्राउ परेका हुन् । प्रहरीका अनुसार डाँका गरिएको २४ वटा ब्याट्रीमध्ये जायसवालले १७ वटा व्याट्री भारततर्फ पठाएको र ७ वटा ब्याट्री दीपक अग्रवाललाई बिक्री गरेका छन् ।

इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी सात वटा ब्याट्री र डाँकाको समान ओसार्न प्रयोग भएको मिनी ट्रक बरामद गरेको छ । उनीहरुलाई डाँका मुद्दामा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।

सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दिया टोलस्थित शिवनारायण चौधरीको घरमा राखिएको २४ थान ६५० एएच ब्याट्री, २० मिटर पावर केबल र २५ मिटर अर्थिङ्ग केबल पुस २३ गते बिहान डाँका भएको थियो । घरमा ठूलो मानिस नभएका बेला चौधरीकी नाबालिका छोरीसँग टेलिकमको कर्मचारी हुँ भनेर आरोपितले झुक्याइ साँचो मागी डाँका गरेको आरोप छ । डाँका मुद्दामा पक्राउ परेका आरोपितलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुने प्रहरी नायब उपरीक्षक साहले जानकारी दिए । डाँकामा नेपाल टेलिकमको विटिएस निर्माणको टेण्डर लिई ठेक्का लिने भेण्डर कम्पनीमा कार्यरत प्राविधिक कर्मचारी संलग्न रहेको आंशका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस