६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमका उडानकर्मीले गरे पदमार्ग सफाइ

अ+ अ-

काठमाडौँ । हवाइजहाजको आकाश यात्रामा सधैँ व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइमा उत्रिएका हुन् ।

उड्डयनकर्मीले शनिबार थानकोटदेखि भालेश्वर मन्दिर जोड्ने पुरानो चन्द्रागिरि पदमार्ग सफाइ गरेका छन् । निगमको अपरेशन विभाग प्रमुख क्याप्टेन दीपुजुहार्चनसहितका उडानकर्मीले पदमार्ग सफाइ गरेको निगमले जनाएको छ । राष्ट्रिय ध्वजाबाहक भएको नाताले निगमले अरु विभिन्न कार्यमार्फत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिइने क्याप्टेन जुहार्चनले बताए । अहिले निगमको अन्तरराष्ट्रिय गन्तब्यमा उडानको चाप पनि कम छ । फुर्सदिलो समयको सदुपयोग गर्दै निगमका उडानकर्मीले सामाजिक उत्तरदायित्व बहन गरेका हुन् ।

उनीहरुले मेडिकल मास्क र पञ्जा लगाएर थानकोटको फेदीबाट चन्द्रागिरि डाँडासम्म करीब पाँच घण्टा सफाइ कार्यमा जुटेका थिए । सफाइका क्रममा झण्डै दुई क्विन्टल हाराहारी फोहर पदमार्गबाट उठाइएको सफाइ अभियानका संयोजकसमेत रहेका क्याप्टेन जुहार्चनले जानकारी दिए । प्लास्टिक, चकलेटका खोस्टा, फास्टफुड खानेकुराका प्लास्टिक, पानीका बोतल, मदिराका बोतललगायत बेवारिसे अवस्थामा फालिएका फोहर व्यवस्थापन गरिएको थियो ।

डाँडामा बोकेर पुर्‍याइएको फोहर निगमले चन्द्रागिरि हिल्स प्रालीलाई हस्तान्तरण गरेको थियो । उक्त फोहरलाई व्यवस्थापन गर्न केबलकारबाट पुनःथानकोटमा रहेको बेसस्टेसनमा झारिएको थियो । चन्द्रागिरि हिल्सले पनि सफाइ अभियानलाई सहयोग गरेको थियो ।

सामाजिक उत्तरदायित्वको जिम्मेवारी बहन गर्ने क्रममा निगमले यही माघ १० गते आफ्नो वाइडबडी ए ३३० जहाजमार्फत मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको थियो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको हो ।

मलेशियास्थित नेपाली दूतावाससँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । बाँकी शव ल्याउन आवश्यक तयारी भइरहेको निगमले उल्लेख गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस