७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्न घुम्ती शिविर

अ+ अ-

बागलुङ । धवलागिरि क्षेत्रका सञ्चार प्रतिष्ठान र पत्रकारलाई सहज रुपमा सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जिल्लामा तीनदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको संयोजनमा मङ्गलबारदेखि शुरु हुने शिविरमा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, नवीकरण, अनलाइन दर्ता, नवीकरण, पत्रपत्रिकाको स्थायी दर्तालगायत सेवा प्रदान गरिने भएको हो । सो अवसरमा विभागका सेवा र कार्यभारका बारेमा पत्रकारबीच अन्तरक्रिया गरिने भएको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणका लागि धवलागिरि क्षेत्रमै पहिलोपटक शिविर सञ्चालन हुन लागेको शाखा अध्यक्ष दिल शिरीषले बताए ।

पाँच वर्षअघि पोखरामा सञ्चालन भएको शिविरमा पुगेर यहाँका केही पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र लिएका थिए । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सञ्चार प्रतिष्ठान र पत्रकारले शिविरबाट लाभ लिन पाउनेछन् ।

पत्रकारले प्रेस प्रतिनिधि प्रमाणपत्र पाउनका लागि सञ्चार प्रतिष्ठानबाट पाएको नियुक्ती पत्र, सिफारिश, श्रमजीवी दरबन्दी विवरणलगायत आवश्यक कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।

सरकारले गत मङ्सिरमा प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लास्थित हुलाक कार्यालयबाटै प्रेस पास लिन पाउने निर्णय गरेको थियो । सञ्चार प्रतिष्ठान र श्रमजीवी पत्रकारले स्थानीयस्तरमै सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभागले देशका विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

‘घुम्ती शिविर हाम्रा लागि अवसर हो, यसको सदुपयोग गरौँ’, शाखा अध्यक्ष शिरीषले भने ।

प्रतिक्रिया दिनुहोस