८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनसभालाई सम्बोधन गर्न ४ मन्त्रीसहित प्रधानमन्त्री ओली चितवन जाँदै

अ+ अ-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चार विभागीय मन्त्रीसहित शनिवार चितवन जान लागेका हुन् ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन जाने भएका हुन् ।

दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने पार्टीको चितवन जिल्ला कमिटीले आयोजना गर्ने जनसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । जनसभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले पनि सम्बोधन गर्ने भएका छन्।

चितवन जिल्ला कमिटीले हजारौंको संख्यामा मानिसहरूलाई सडकमा उतार्ने जानकारी दिएको छ। नेकपा राजनीतिक रूपमा विभाजित भएपछि प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेकपाले देशका विभिन्‍न ठाउँमा दिनहुँजसो जनप्रदर्शन गर्दै आएका छन्।

पार्टी विभाजनदेखि प्रतिनिधिसभा विघटनसम्मको स्थिति आउनुमा एकले अर्को पक्षलाई आरोप लगाउँदै आएको स्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस