७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्डफ्लु नियन्त्रणका लागि मन्त्रालयद्वारा ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रूपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए । उनले काठमाडौँको तारकेश्वर नगरपालिका–७, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको जानकारी दिए

कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल र्‍यापिड रेस्पोन्स टिमले कुखुरा नष्ट गर्ने उनले उल्लेख गरे । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै, अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे ।

अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको उनले जानकारी दिए । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वानभन्दा कम खतरा रहेको डा. निर्मलको भनाइ छ ।

सहसचिव डा. निर्मलले कुनै ठाउँमा ठूलो मात्रामा कुखुरा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् । त्यसबाहेक कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, कपाल छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुंगी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । उपभोक्ताले पनि न्यूनतम ७० डिग्री तापक्रममा मासु पकाएर खान सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस