६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फागुन १ देखि बागमति प्रदेशभित्रका निजी र साझेदारी फर्म दर्ता जिल्लाबाट हुने

अ+ अ-

काठमाडौँ । बागमति प्रदेशभित्रका निकासी पैठारी व्यापार बाहेकका निजी र साझेदारी फर्म दर्ता तथा नियमनको कार्य जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट सञ्चालन हुने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी फागुन १ गतेदेखि बागमति प्रदेश उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय अन्र्तगतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूबाट सञ्चालन गर्ने भएको हो ।

वाणिज्य प्रशासन सम्बन्धि कार्य जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट एवं हस्तान्तरण गर्नका लागि ‘वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणा पत्र तथा कार्ययोजना, २०७७’ को गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको जनाउँदै विभिन्न कार्ययोजना हस्तान्तरण गर्ने कार्ययोजना बनाएको छ ।

विभागका अनुसार निकासी पैठारी व्यापार बाहेकका निजी तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात क्रमशः हस्तान्तरण गरिने व्यवस्था गर्ने भएको छ ।

त्यस्तै, विभागमा पहिले नै दर्ता भइसकेका फर्महरूको नवीकरण, संशोधन र खारेजी सम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म यसै विभागबाट सञ्चालन हुने विभागको भनाइ छ । साथै, विभागमा दर्ता भई सञ्चालनमा रहेका यस्ता व्यापारिक फर्महरूलाई क्रमशः हस्तान्तरण गरिने विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस