११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शोक सन्देश र समवेदना : उपस्थिति वा सहानुभूति 

अ+ अ-

शोकमा सहभागिता वा सन्देश
कसैको मृत्यु, देहान्त वा  परलोक यात्रामा  हामी दुखी हुन्छौँ र मृतकका परिवारको दुख वा शोकमा कुनै न कुनै प्रकारले निकटता प्रकट गर्छौँ र साथ दिन्छौँ । यात्राकै क्रममा सडकमा शवयात्रा देखिँदा पनि हामी आफ्नो संस्कार अनुरूप मृतकको आत्माप्रति श्रद्धा र सम्मान प्रकट गर्छौँ । आफ्ना निकटका व्यक्तिहरूको देहान्तमा सकभर परिवारजन शोकमा रहेको स्थानमा पुगेर मृतकको आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दछौँ र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौँ ।

शोकमा भौतिक रूपमा सहभागिता जनाउन सक्ने वा नसक्नेहरूले मृतकको आत्माप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्न सञ्चारका विभिन्न माध्यम वा पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग व्यापक बन्दै गएको छ । सामाजिक सञ्जालले शोकमा सहभागिता त बढाएको देखिन्छ तर प्रकट गरिने सन्देश र सहभागिताले निकटताको अनुभूति गराउँछ कि हल्का औपचारिकता मात्र, त्यसले अर्थ राख्दछ । तसर्थ सन्देश अभिव्यक्तिमा संवेदनशीलता होस, ताकि सन्देशको मर्मले मृतकको आत्माप्रति सम्मान र दु:खमा रहेका परिवारका सदस्यहरूलाई उपयुक्त साथ र समभाव भएको देखाउन सकोस् । हाम्रो सन्देशले शोकाकुल परिवारलाई निकटताको अनुभूति प्रदान गरोस्, हाम्रो शोक सन्देशले थप पीडा नथपोस् ।

“रिप” को अर्थ र सान्दर्भिकता
हामी प्रायशः कसैको देहान्तको खबर पाउने बित्तिकै मृतकको निकट परिवारको सदस्यलाई रिप लेखेर सन्देशको रूपमा पठाउने वा सामाजिक सञ्जालका विभिन्न सम्पर्क माध्यममा सहजरुपमा रिप लेखेर वा नक्कल गरी टाँसेर पठाउने प्रचलन छ । उच्च तहको साक्षर र विद्धान भनिनेबाट पनि यसको भाव नबुझी त्यसकै नक्कल गरेको देखिन्छ । रिपको सन्देश लेखेपछि ठुलो व्यक्तिगत र सामाजिक दायित्व पुरा हुने गरी एक प्रकारको होडबाजी जस्तो देखिन्छ । जसको जे संस्कार वा सांस्कृतिक मान्यता रहेको छ, त्यही संस्कार अनुरूपको सञ्चार, समभाव, समवेदना वा श्रद्धाञ्जली व्यक्त गर्नु नै वास्तविक अर्थमा निकटता र प्राप्य हुन्छ । शोक र साथमा रहनुपर्ने अवस्थामा हल्का रूपमा गरिने अभिव्यक्तिले महत्त्व राख्नुको सट्टा अवमूल्यन नगरोस् र थप पीडा नथपोस् भन्ने कुरामा सचेतता अपनाउनु पर्दछ ।

वास्तवमा “रिप” के हो ?
ल्याटिन भाषाको रिकुयसकट इन पिसबाट रिप इन पिस आएको हो । रिप शब्दको अर्थ “रेष्ट इन पिस” (शान्तिसँग आराम गर्नु) हो । यी शब्दावली तिनको लागि उपयोग गरिन्छ जसलाई कब्रमा दफन गरिन्छ । इसाई अथवा मुस्लिम मान्यता अनुसार जब “जजमेंट डे” अथवा “क़यामतको दिन” आउँछ त्यस दिन कब्रमा रहेका यी सबै मुर्दा पुनर्जीवित हुन्छन् । अतः ती मुर्दाको लागि त्यस क़यामतको दिनको इंतज़ार अथवा प्रतीक्षामा “शान्तिसँग आराम गर्नु(रेष्ट इन पिस)” भनिन्छ।

विकृति वा अज्ञान वा लापरबाही
आजकल कसैको मृत्युमा रिप लेख्नेको फेसन नै चलेको देखिन्छ। कान्वेंटी दुष्प्रचार तथा विदेशीको  नक्कलको कारण हाम्रा युवालाई यात हाम्रो सनातन धर्मको मूल मर्मको जानकारीनै छैन, सजिलोको लागि त्यही प्रयोग गर्ने प्रवृत्तिले विकृत संस्कारलाई प्रश्रय दिएको छ ।

शोक सन्देश कसरी लेख्ने ?
(जुन व्यक्तिलाई हामी शोक सन्देश पठाइरहेका छौँ, उसलाई सामान्य रूपबाट सम्बोधन भएको हुनुपर्दछ; सन्देश प्रापक आफूभन्दा मान्य, ज्येष्ठ, मित्र, कनिष्ठ वा कुन दर्जा र हैसियतको हुन्छ, सो अनुरूपको सम्बोधनबाट सन्देशको सुरुवात सान्दर्भिक हुन्छ ।

(हामीलाई जुन व्यक्तिको निधनमा सन्देश व्यक्त गरिरहेका छौँ, तिनको मृत्युको खबर कसरी प्राप्त भयो र मृत्युको खबरले कुन हदमा दु:खको अनुभूति भएको छ, त्यसलाई शाब्दिक रूपमा प्रकट गर्नु उचित हुन्छ ।

(निधन हुने व्यक्तिसँग हाम्रो कुन रूपको सानिध्यता हो, त्यही रूपमा सन्देश व्यक्त हुनु सान्दर्भिक हुन्छ ।

(जसलाई सन्देश पठाइन्छ, उनलाई यो आश्वस्तता प्रदान गरौँ कि हामी कठिन घडीमा उनको साथमा छौँ र कुनै मदद जरुरी भए त्यसकालागि तयार छौँ ।

सनातन हिन्दु मान्यता
हिन्दु धर्मको मान्यता अनुसार शरीर नश्वर छ, आत्मा अमर छ ।  यसर्थ  हिन्दुले मृत व्यक्तिको शरीरलाई  जलाउने  गर्छन्, अतः जलाउने मृतकको आत्माको लागि “रेष्ट इन पिस” को सवाल नै  उठ्दैन । हिन्दु धर्मका अनुसार मनुष्यको मृत्यु पश्चात् आत्मा मृत शरीरबाट निस्किएर  कुनै दोस्रो  नयाँ जीव/काया/ शरीर/ नवजातमा प्रवेश गर्दछ र बाँकी शरीर पंचतत्वमा मिल्दछ । त्यस आत्माको अघिल्लो यात्राको लागि गति प्रदान गर्नको लागिनै श्राद्ध कर्मको परम्परा निर्वाह एवं शान्ति पाठ आयोजना गरिन्छ ।

अतः हिन्दु मृतकको आत्माको लागि “ॐ शान्ति”, “राम राम “,”विनम्र श्रद्धाञ्जली”, “श्रद्धाञ्जली”, “आत्माको सद्गति मिलोस्”, “आत्माको वैकुण्ठ बास होस्”, “मृतकको आत्माको भगवानले शान्ति प्रदान गरुन्”, “आत्माको अमरता मिलोस्” जस्ता वाक्य विन्यास लेख्नु उपयुक्त हुन्छ । जबकि कुनै मुस्लिम, इसाई वा अन्य धार्मिक वा सांस्कृतिक सम्प्रदाय जसको मृत शरीरलाई दफन गरिन्छ, त्यस्ता मित्रको परिवारजनमा मृत्यु पश्चात् उनको लागि “रिप” लेख्नु उपयुक्त हुन्छ ।

वैदिक संस्कृतिमा “मृत्योर्मा अमृतं गमय” को मान्यता छ । उत्तम पुरुष वा मनुष्य मानव चोलाबाट पुनः पुनर्जन्मको चक्करबाट मुक्त हुन्छ र अमरता प्राप्त गर्दछ भन्ने विश्वास छ । चौरासी लाख योनीको लामो यात्राबाट विश्राम र परमात्माको समीपमा आश्रयको अवसर प्राप्ति नै सनातन संस्कृतिको सार रहेको छ । तसर्थ मृतकको आत्मालाई त्यही अमरताको कामना हाम्रा शोक सन्देशबाट अभिव्यक्त हुन सक्नु पर्दछ । हाम्रो सन्देशले मृतकको आत्मालाई भड्काउने काम र पुनः जन्म मृत्युको लामो यात्राको लागि आह्वान नगरौँ । हाम्रो सन्देश शान्तिको लागि होस्, अमरताको लागि होस् र भागवत प्राप्तिको लागि होस् ।

अतः हामी सबै कोसिस गरौँ, भविष्यमा यस्तो गल्ती नहोस्, जसको जुन कर्म र संस्कार हो, त्यही अनुरूपको शोकमा सहभागिता जनाऔँ  र हामी अब मृतकको आत्माको लागि श्रद्धा र सम्मानको लागि “दिवंगत आत्माको श्रद्धाञ्जली” प्रदान गरौँ ।

अनुरोध छ कि अब यसपछि लेख्नुभन्दा पहिला विचार पुर्‍याऔँ  ।

प्रतिक्रिया दिनुहोस