७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमन युद्धमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडेनको घोषणा

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।

६ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि खाद्यान्न, औषधि र बस्ने ठाउँको आवश्यकता रहेको छ । जारी यस युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले विदेश नीतिको विषयमा दिनु भएको पहिलोपटक वक्तव्य यमनमा युद्ध अन्त्य हुनु पर्ने बताएका छन्।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो ।बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाही रोक्ने र त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरु बेच्न कार्यमा रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस