९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किशोरी मृत्यु प्रकरण : तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

अ+ अ-

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।

तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस् भनेर कुकुरको प्रयोग गरेका हौैँ ।’ बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो ।

शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्त शिवराज भट्टले बताए । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए नभएको बारेमा थाहा हुने जनाएको छ । दोषी पत्ता लगाई कारवाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् ।

मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । किशोरीको मृत्यु भएपछि शोकमा दोगडाकेदार गाउँपालिकाले बिहीबार शोक बिदा दिएको थियो । गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाको निन्दा गर्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

किशोरी हत्या घटना जघन्य अपराध रहेको भन्दै दोषीलाई अविलम्ब पक्राउ गरी कारवाही गर्न विभिन्न संस्थाले माग गरेका छन् । घटनास्थलमा तालीमप्राप्त कुकुरसहितको टोली परिचालन गरेपछि किशोरीको मोबाइल फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो ।

प्रतिक्रिया दिनुहोस