१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकालगायत ठाउँठाउँमा वर्षा र हिमपात

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा वर्षासँगै उपत्यका आपसपासका उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ । पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत आज हिमपात भएको हो ।

तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँको चन्द्रागिरी फुल्चोकीलगायत आसपासका क्षेत्रमा सामान्य हिउँ परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातभर पनि ठाउँठाउँमा हिमपात र वर्षा हुनेछ । आइतबारबाट भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताए ।

अहिले वाग्मती र प्रदेश नं १ मा सामान्य बदली छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली छ । वाग्मती र गण्डकीको केही क्षेत्रमा वर्षा पनि भइरहेको शाक्यले जानकारी दिए। अहिले सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका आसपास क्षेत्रमा पानी परिरहेको छ । त्यहाँका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । मुख्यगरी हिमाली क्षेत्रसँगै प्रदश १, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा हिमपात राती पनि जारी हुन्छ ।

अहिले मुलुकको पश्चिम क्षेत्रमा खुलेको र वाग्मती प्रदेशमा रातीबाटै खुल्दै जाने र विहान मौसम सफा हुने जनाइएको छ । आइतबार सीमित पहाडी भू–भागमा आंशिक मात्रै बदली रहने अनुमान गरिएको छ । आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात तथा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका केही स्थानका साथै गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस