७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धि आयोजनाको साथले विदेशमा अलपत्र ‘मनिकुमार’ स्वदेश फर्किन पाए

अ+ अ-

काठमाडौँ । मनिकुमार राईको खासै ठुलो सपना पनि थिएन । जेनतेन सीपमूलो गरी धनकुटा नगरपालिकामै रहेर जीवन हाँसीखुशी कटाइरहेका थिए । निर्माणसम्बन्धी काम सिकेका उनीसँग एकदिन उनका मिल्ने साथीका नातेदारसँग भेट हुन्छ । भेटका क्रममा उनलाई ती व्यक्तिले यहाँ गरेजति मेहनत विदेशमा गरेमा मनग्ये पैसा कमाउन सकिने भन्दै आफैले विदेश पठाइदिने, उता विदेशमा आफ्नै भाईको कम्पनी भएको बताउँदै फुरुङ्गै बनाइ दिए ।

मनिकुमारले पनि चिनेजानेकै मान्छेले यसरी भनेपछि एकपल्ट जाउँ कस्तो हुँदोरहेछ विदेश अनि पैसा पनि मनग्ये कमाई हुने भए त भविष्यमा राम्रै होला भन्ठानेर त्यसपछि उनी विदेश जानलाई पैसाको चाँजोपाँजो मिलाउन थाले ।

उता महिनामा एक लाख २० हजार तलब खानेगरी सीपअनुसारकै काम मिलाइदिने प्रलोभन देखाएर दलालले पैसाको बन्दोबस्त गर केही चिन्ता लिन पर्दैन, उताको सबै प्रक्रिया मैले आफै मिलाइदिन्छु भन्ने आश्वासन मनिकुमारलाई दिए । मनिकुमारले विदेश गएर टन्न कमाउने सपना बुन्न थालिसकेका थिए ।

मनिकुमारले कम्बोडिया जानका लागि खर्चको तयारी गरी ४ लाख ५० हजार दलाललाई दिइसकेका थिए । दलाललाई रकम बुझाईसकेको केही दिनमै दलालले काठमाडौँ ल्याई अरूसहित उनलाई कम्बोडिया पुर्‍याइदिए ।

‘दलालले मीठो सपना देखाएका थिए’ मन कटक्क दुखाउँदै दलाललाई सराप्दै उनले भने, ‘ कम्वोडियामा मेरो भाईको आफ्नै निर्माण कम्पनी छ । त्यहाँ तिमीले यहाँ जस्तो काम पनि गर्न पर्दैन, तिमीले गर्ने काम भनेको तलब स्टमेट गर्ने र लिडर हुने हो ।’ यिनै शब्द दलालले भनेर आफूलाई फसाएको सम्झिँदै अहिले उनी भक्कानिन्छन् ।

दलालका यिनै चिल्ला कुरामा डुबेर लोभमा परि वैदेशिक रोजगार विभागवाट श्रम स्वीकृति नै नलिईकन कम्बोडीया पुग्छ मनिरामको समूह । दलालले भने जस्तो आफ्नै भाईको कम्पनी नभएर उसले त्यहाँ ठेक्का लिएर काम गर्ने रहेछ, त्यहाँ उनीहरूले करिब ३ महिना निर्माणकै काम गरे, विडम्बना काम गरेको तलब पनि पाएनन् उनीहरूले ।

कम्वोडियामा रहँदा दिनमा जम्मा ३ टुक्रा रोटी खाएर आफ्नो ज्यान बचाएर नेपाल फर्केका उनी आफ्नो दुःख पोख्दै भन्छन्, ‘कम्वोडिया पुगेर चाइनिज कम्पनीमा करिब ३ महिना काम गरे पनि तलब दलालले नै लिएर भाग्छ । एक दिन तलब माग्न भनी कम्पनी मेनेजरसँग कुरा बुझ्दा मात्र थाहा भयो त्यसपछि छागाँवाट खसे झैँ भइयो ।’

यति हुँदासम्म पनि उनीहरू दलालहरूसँग कुरा गरी रहेका थिए तर केही दिन पछि दलालहरू सम्पर्क विहीन हुन पुगे ।

अव आफ्नो सहारा कोही नभएपछि नेपाल फर्कनको लागि सामाजिक सञ्जाल मार्फत हारगुहार गर्न थाले, विडम्बना केही हुन सकेन सबै प्रयासहरू बेकार भए । उनीहरू आत्तिई सकेका थिए ।

थाइल्यान्डस्थित नेपाली दूतावाससँग गुहार मागे र त्यहाँवाट विभिन्न सरकारी निकायहरूलाई पत्राचार गर्ने कार्य भयो । केही सीप लागेन । हुँदाहुँदै ७-८ महिना बिती सकेको थियो, विभिन्न सङ्घसंस्थाहरू लागी रहेका थिए । सोहीवेला धनकुटा नगरपालिका र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको साझेदारीमा सञ्चालित आप्रवासी श्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राईसँग सम्पर्क भयो ।

श्रोत केन्द्रले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओएमसँग सम्पर्क गराइ कम्वोडियामा रहेको आइओएमको कार्यालयसँग समन्वय गरी नेपाल फर्काउन महत्त्वपूर्ण भूमिका खेलेका कारण करिब १० महिनामा जन्मभूमि फर्किन पाउँदा अहिले मनिकुमार हर्षित छन् ।

‘सायद आप्रवासी श्रोत केन्द्रको सहयोग नभएको भए अझै पनि हामी कम्वोडियामा नै अलपत्र हुने थियौँ भन्ने लाग्छ’ मनिकुमार भन्छन्, ‘नेपाल फर्केका छौँ अव हामीलाई अलपत्र पार्ने स्थानीय दलालहरूसँग आफ्नो फसेको रकम उकास्नको लागि जिल्ला प्रशासन कार्यालय र वैदेशिक रोजगार विभागमा श्रोत केन्द्रको सहयोग र समन्वयमा उजुरी दर्ता गरेका छौ ।’

मनिकुमारले दलालहरूलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही दिलाएरै छाड्ने बताएका छन् । अब फेरी पनि यी दलालहरूबाट नेपाली दाजुभाइ दिदीवहिनीहरु कोही नफसुन् भन्ने मनिकुमारको चाहना छ ।

अव विदेश नजाने र आफ्नो सिप र पसिनाले जन्म भूमिमा नै केही गर्ने विचार गरेको मनिकुमारले बताएका छन् । उनी यदि कोही विदेश जाने नै भए पनि आप्रवासी श्रोत केन्द्रमा गएर विस्तृत रूपमा परामर्श तथा जानकारी लिई अनिवार्य श्रम स्वीकृति लिएर मात्र विदेश जान सबैलाई अपिल गर्छन् ।

धनकुटा नगरपालिका आप्रवासी श्रोत केन्द्रमा सूचना अधिकृतको रूपमा कार्यरत मञ्जु राईले आप्रवासी श्रोत केन्द्रले स्थानीय तहमा नै वैदेशिक रोजगारबारेमा विस्तृत रूपमा परामर्श तथा जानकारी दिँदै आएको र अन्यायमा परेका व्यक्तिहरूलाई न्याय दिलाउनका लागि केन्द्र लागिपरेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस