१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबन्दीअनुसार प्रहरी नहुँदा सुरक्षामा सकस

अ+ अ-

खलङ्गा । जिल्ला प्रहरी कार्यालय जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा जिल्लाको शान्ति सुरक्षामा समस्या भएको छ ।

चिसो याममा जिल्लामा एक जना प्रहरीले दैनिक १८ घण्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । उनले भने, ‘जुम्लामा प्रहरीको दरबन्दी ३५० जनाको छ । तर हाल २४५ जना मात्रै कार्यरत छन् । १०५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौँदेखि खाली छ । जसकारण पर्याप्त सुरक्षाकर्मी खटाउन सकस भएपछि सुरक्षा चुनौती बढेको छ ।’

हत्या, हिंसा, चोरी, डकैतीका घटना दैनिक बढिरहेका छन् । न्यून जनशक्तिलाई ओभर टाइम ड्युटी गराएर शान्ति सुरक्षाका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिप्रकामा कार्यरत २४५ जनामध्ये १६५ जना सुरक्षाकर्मी जिल्लाभरिका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् । अहिले जिप्रकामा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ति सुरक्षा गरिरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । उनले भने, ‘सदरमुकाममा हजारौँको संख्यामा हुने आन्दोलन प्रदर्शनलाई नियन्त्रण गर्न एक डेढ सय सुरक्षाकर्मी खटाउनुपर्छ । २० देखि ३० जना पठाएर भीड नियन्त्रण गर्नु, शान्ति सुरक्षा कायम गर्नु निकै सकस हुन्छ ।’

गाउँमा आगलागी, झैँ–झगडा भएको खण्डमा पनि सुरक्षा दिनसक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिँजा इलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताए ।

प्रतिक्रिया दिनुहोस