१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनु जरुरी छ : महासचिव वैद्य

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताएका छन् ।

राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उनले देशमा जनताको शासन आवश्यक भएको बताए । क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे ।

स्वाधिनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पारे । धेरैले आफूलाई कम्युनिष्ट भन्दै आए पनि देशमा सच्चा कम्युनिष्ट थोरै रहेको महासचिव वैद्यले बताए । उनले नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनु जरुरी रहेको बताए । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरुको मोर्चा अग्रसर रहेको उनले उल्लेख गरे । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक आहुतिले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताए ।

संसद् पुनःस्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ थियो । सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले रणनैतिक मोर्चाको अवधारणा र संरचना सम्बन्धि दस्तावेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको जानकारी गराइएको थियो । मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तर्गत आगामी फागुन ६ गते रुपन्देहीको बुटवलमा, फागुन १४ गते कैलालीको धनगढीमा तथा फागुन १८ गते सुनसरीको इटहरीमा जनसभा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस