१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

अ+ अ-

काठमाडौँ । नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ ।

महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा प्रशासनले नागरिकता नदिने गरिएकाले समस्या समाधान हुन नसकेको बताए ।

नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्ने गरी सक्षम बनाएर अधिकार दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले लैङ्गिक हिंसामा संवेदनशील भएर काम गर्ने अवस्था आएको बताए । स्थानीय तहका न्यायिक समितिलाई सक्षम बनाउन मञ्चजस्ता संस्थाले काम गर्नुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय महिला आयोगकी उपसचिव लक्ष्मी पराजुलीले सामाजिक परीक्षण संस्थाको पारदर्शिताको प्रक्रिया भएकाले यसलाई सबै सरकारी एवं गैह्रसरकारी संस्थाले निरन्तरता दिनुपर्ने बताए । आयोगले देवानी र फौजदारी संहितामा महिला अधिकारका विषयमा अध्ययन गरिरहेको जानकारी दिए ।

बलात्कारका घटना बढ्न थालेपछि आयोगले चालु आर्थिक वर्षमा यससम्बन्धी कार्यक्रम नै राखेको जनाएको छ । बलात्कारका घटनाविरुद्ध सबै एकजुट भएर आवाज उठाउनुपर्नेमा उपसचिव पराजुलीले जोड दिए ।

प्रतिक्रिया दिनुहोस