२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा पदबहाली

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज पदबहाली गरेका छन् । शाक्यले आज रत्नपार्कमा रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा १७औँ कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका हुन्। गत कात्तिक २६ देखि कायममुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत् बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५०० युनिट पुर्‍याउने, संस्थागत विकास योजनालाई अद्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण सम्पन्न गर्ने र दूधकोशी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ’, उनले भने ।

विद्युत् चुहावट नियन्त्रण, विश्वसनीय विद्युत् वितरण प्रणालीका लागि प्रणालीको सुदृढीकरण तथा विस्तारका काम प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ । ‘लेऊ या तिर’(टेक अर पे) को शर्त राखी विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत् आयोजनाको बर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको बताए ।

उनले आन्तरिकरुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए । ‘विद्युत् आपूर्तिका लागि पर्याप्त विद्युत् छ पुरानो संरचना बदल्न तथा नयाँ शुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ’, उनले भने ।

कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि ठूलो चुनौती रहेको उल्लेख गरे ।

‘विश्वसनीय विद्युत् आपूर्ति, चुहावट नियन्त्रण, मुलुकलाई पूर्णरुपमा विद्युतीकरण गर्नु पनि चुनौतीपूर्ण देखिएको छ’, उनले भने । त्यस्ता चुनौतीको सामना गर्न कार्ययोजनाका साथ अगाढि बढ्नुपर्ने उनको भनाइ छ ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत् बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनसंरचना विगतमा हासिल भएका उपलब्धिको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए । उनले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस