१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिय ढुकढुकी !

अ+ अ-

हृदयभरीको माया ल !

सायद आज मन दरिलो छ, फुरुङ्ग छ अनि चकचक पनि गरिरहेको छ । वल्लो पल्लो पाखाहरू रङ्गिविरङ्गि फुलहरूले ढकमक्क ढाकिएका छन् । उत्तरका हिमालहरूले सेता दातका पङ्क्ति फिँजाउँदै मुस्कान छरिरहेका छन् । आकाशबाट पिरतीले ओतप्रोत पुष्प गुच्छा बर्साइरहेका छन् ।अनि यो मौसमले मनमोहक दृश्य लाई अझै सजाउन खोज्दै छ । हृदयभित्र कोही वास बसेझैँ गरी मेरो हृदयलाई झकझकाउँदै छ अनि उक्साउँदै छ, आज अन्तिम र सबै भन्दा ठुलो अवसर हो रे मेरो लागि किनकि आज प्रणय दिवस हो।।

मलाइ लाग्थ्यो जसलाई म चाहन्छु म उसैलाई प्रेम गर्छु, जसलाई म प्रेम गर्छु उसलाई आफ्नो मनको प्रेम बगैँचामा फुलेको फुल चढाउन ३६५ दिन नै प्रणय दिवस मेरा लागि । फेरि अर्को मन ले सोच्न थाल्यो माया पो जीवन भर गर्छु, सधैँ सबै दिन प्रणय दिन कहाँ हुन्छन् र रु यसरी प्रेमिल बनेकी प्रकृति मेरो लागि सधैँ सजिएर कहाँ आउलिन् ररु त्यसैले यो प्रिय प्रणय दिनमा तिम्रो लागि पत्र लेख्दै छु ।

जीवनका अनगिन्ती गोरेटोहरूमा कति पाइला राख्दा राख्दै गोरेटो मेटिए होलान् पाइला रोकिए होलान् तर गन्तव्य कहाँ रोकिदोरहेछ र रु कसैको चोखो हृदयको लागि वासस्थान(कारागार) बनाई प्रेमको अतिथि पर्खिरहेको हृदयले तिमीलाई नै कुरी रहेको छ । किनकि यो हृदयलाई तिम्रो स्नेहिल प्रेमको महसुस गर्न मन छ । प्रिय ढुकढुकी, लाग्छ तिमी फुल हौ सुवास छर्दै छौ, तिमी पूर्णिमाको जून हौ प्रकाश छर्दै छौ, तिमी मुटु हौ धड्कन दिँदै छौ , तिमी चोर हौ मन चोरी एकान्त खोज्दै छौ त्यसैले म पिछा गर्दै छु तिमिलाई समाउन प्रेमको डोरी ले हतकडी लगाइ पिरतीको कारागारमा हुल्न को लागि ।

जहाँ तिमी कैदी म जेलर, म कैदी तिमी जेलर बन्ने छौँ, तिमी मलाइ अपराधी देख्ने छौ म तिमिलाई ।

त्यसैले सायद तिम्रा गुलाबी ओठहरूले मेरो ढुकढुकीको अदालतमा मुद्दा दर्ता गर्नेछन् र म पनि ।

हाम्रा हरेक अङ्ग प्रत्यङ्ग हरू बयान, बकपत्रको लागि प्रेम अदालतमा सप्रमाण उपस्थित हुनेछन् । आफ्ना आफ्ना तर्कसँगै हृदयका अनुभूति प्रस्तुत गर्नेछन् । जित भनौँ या हार दुवै लाई सजाय तोकिनेछ जहाँ तिम्रो मृगनयनी नजरको वाण मलाइ र मेरो तिमलाइ निशानी नचुक्ने गरी छोड्नुपर्नेछ । जसले न त तिमलाइ छुटाउनेछ न त मलाइ टुटाउनेछ । न त हेराइले धित मर्नेछ न त प्रीत नै ।

सयौँ जुनी हेरिरहन पाउ सयौँ जुनी अङ्गालोमा बेरिरहन पाउ भन्ने चाहना तिम्रो कोमल स्नेहिल हृदयबाट मर्न दिनेछैनौ । फेसबुकको स्टाटसमा धेरैले लेख्ने गरेको सेफली एराइभ्ड एट भन्ने ठाउँमा म पनि ‘पिरतीको बगैँचा मा मेरी उनी र म सुरक्षित आइपुग्यौ’ भन्ने स्ट्याटस लेख्न पाऊँ र दुनियाँलाई जिल खुवाउन पाऊँ ।

त्यसैले यही पत्र मार्फत भन्न चाहन्छु ‘मलाइ तिमी प्रति मायाको अनुभूति भइरहेछ’

उही तिमिलाई माया गरिरहने,

अर्जुन अचापल

प्रतिक्रिया दिनुहोस