१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरबमा प्रतिवन्धात्मक व्यवस्थाको अवधि थप

अ+ अ-

रियाद । साउदी अरबमा लागू गरिएको प्रतिवन्धात्मक व्यवस्थाहरू अझै केही दिन लागू हुने भएका छन् । कोरोना भाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ ।

आन्तरिक मामिला मन्त्रालयले कोरोनाभाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ ।

नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू हुनेछ । कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ । तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस