४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुरे पहिरो पिडितद्वारा पुनर्वासको माग गर्दै माइतीघरमा प्रदर्शन

अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको जुरे पहिरोबाट विस्थापन भएका पहिरो पिडितले पुनर्वासको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पहिरो गएको ६ बर्षसम्म सरकारले पुनर्वासको व्यवस्था गर्न वास्ता नगरेको भन्दै पहिरो पिडितहरुले शनिबार प्रदर्शन गरेका हुन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट आएका पहिरोपीडितहरूले आफूहरुका नाममा संकलित २ करोड २४ लाख रुपैयाँ तुरुन्त वितरण गर्न पनि सरकारसँग माग गरेका छन् । उनीहरूले पहिरो पिडितको नाममा देश विदेशबाट सहयोग स्वरुप संकलन भएको रकम पिडिसम्म नपुगेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

प्रदर्शनकारीले ‘हामीले सरकारी पैसा मागेका होइनौं, ६ वर्ष पहिले हामीलाई जनताले दिएको चन्दा मागेका हौं’ , जुरे पहिरो पिडितलाई तत्काल पुनस्थापना गरियोस्’ लगायत विभिन्न माग सहितको प्लेकार्ड बोकेर प्रदर्शन गर्नुका साथै नारा समेत लगाएका छन् ।

२०७१ सालमा सुनकोसी नै थुनिने गरी गएको जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भएको थियो भने थुप्रै घाइते भएका थिए ।

६ वर्षअघि जुरे पहिरोपीडितका नाममा संकलित रकम अन्यत्र कतै खर्च नभए पनि पीडितका नाममा कहाँबाट कति पैसा संकलन भयो भन्ने जानकारी पनि पीडित परिवारलाई सरकारले जानकारी गराएको छैन ।

प्रतिक्रिया दिनुहोस