६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुटा विवरण पेश गरेर परिचयपत्र बनाउन खोज्ने पक्राउ

अ+ अ-

म्याग्दी । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने आज पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको जानकारी दिइन् । ‘रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौँ,’उनले भनिन्, ‘झुटा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छौँ ।’

प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस