२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलन मस्क पुनः विश्वकै धनी

अ+ अ-

काठमाडौँ । टेस्ला कम्पनीका सीईओ एलन मस्क पुनः विश्वकै धनी बनेका छन् । अमेजन सीईओ जेफ बेजोसलाई पछि पार्दै मस्क पुनः विश्वकै धनी बनेका हुन्। टेस्ला सीईओ मस्कले सन् २०२१ मा दोश्रोपटक अर्बपतिको सूचीमा पहिलो स्थान कब्जा गरेका हुन् ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको सम्पत्ति हाल बढेर १ खर्ब ९९ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ । मस्कको रकेट कम्पनीमा पछिल्लोपटक थपिएको लगानीसँगै उनको सम्पत्तिमा बढेको हो ।

मस्कको स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५ करोड डलर लगानी भित्राउन सफल भएको थियो । यो सँगै स्पेस एक्सको हालको बजार मूल्य ७४ अर्ब डलर पुगेको छ जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो ।

अघिल्लो हप्तामात्रै अमेजन सीईओ जेफ बेजोसले १ खर्ब ९४ अर्ब २० करोड डलर सम्पत्ति सहित मस्कलाई उछिनेर नम्बर वान धनाढ्य बनेका थिए । तर मस्कले एक हप्तामै बेजोसलाई पछि पारेका छन् ।

अघिल्लो हप्ता टेस्लाले बिटक्वाइन क्रिप्टोकरेन्सीमा डेढ अर्ब डलर लगानी गरेको घोषणा गरेको थियो । टेस्लाको लगानीसँगै बिटक्वाइनको मूल्य बढेर ५० हजार डलरसम्म पुगेको थियो । टेस्लाले आगामी दिनमा बिटक्वाइनलाई भुक्तानी मुद्राको रुपमा स्विकार गर्ने पनि बताइसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस