२३ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालयका भवन निर्माणमा तीव्रता दिँदै नमोबुद्ध

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरका वडा कार्यालयको भवन निर्माणको कामलाई तीव्रता दिएको छ । नगरपालिकाका सबै वडामा पक्की भवन निर्माण गर्ने अभियानअनुसार अहिले सबै वडामा भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको हो।

नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले वडा नं ७ को कार्यालय भवनको शिलान्यास गर्नुभएपछि अब नगरको सबै वडाको कार्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । यसअघि उनले वडा नं ८ र ९ को कार्यालय भवन शिलान्यास गरेका थिए ।

अहिले नगरपालिकाका वडा नं ७, ८, ९ र १० को कार्यालय भवन निर्माणको काम भइरहेको छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि पनि प्रक्रिया अगाडि बढाइसकेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख तिमल्सिनाका अनुसार वडा नं २ को कार्यालय निर्माण यसै साता शुरु हुनेछ ।

वडा नं २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग ४० लाख ८७ हजार ६८५ मा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनीयर उज्ज्वल अर्यालले जानकारी दिए ।
वडा नं १ र ५ को भवन निर्माणको लागि प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख तिमल्सिनाको भनाइ छ । उनका अनुसार नगरका ११ वटाका वडा कार्यालय एउटै डिजाइनमा निर्माण हुनेछ । यसअघि निर्माण थालिएका वडा नं ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

नगरप्रमुख तिमल्सिनाले ऐतिहासिक क्षेत्र दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्र गर्ने काम जनप्रतिनिधि आएपछि शुरु भएको र यसले दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गर्नुभएको छ ।

महिलालाई सीप विकास तालीम

नगरपालिकाका विभिन्न वडाका गरी ३० महिलाले व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि छ दिने सीप विकास तालीम लिएका छन् । यही फागुन ६ गतेदेखि नमोबुद्ध–११ मा रहेको एकल महिला भवनमा सञ्चालन गरिएको तालीममा नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा संलग्न महिलाको सहभागिता रहेको थियो ।

तालीममा लप्सीबाट बनाइने परिकारलगायत पाँच प्रकारका परिकारको प्रदर्शनीसमेत गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले बताइन् ।

प्रतिक्रिया दिनुहोस