१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा अग्रसर हुन राष्ट्रपति भण्डारीको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अग्रसर भइरहेको सन्दर्भमा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका दिशामा लाग्न आग्रह गरेकी छन् ।

शान्ति, अहिंसा, लोकतन्त्र र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित सम्मान समारोहमा उनले सादा जीवन उच्च विचारका धनी महेन्द्रनारायण निधिले अगाँलेको निष्ठाको राजनीति सबैका लागि स्मरणीय रहेको उल्लेख गरिन् । निधि प्रतिष्ठाको योगदानको खाँचो औल्याउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना हामी सबैमा रहोेस् ।’

जनताको हकअधिकार स्थापना गर्न सधैँ अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गरेका महेन्द्रनारायण निधिले प्राप्त प्रजातन्त्र र नागरिक अधिकारको संरक्षण एवं सम्वद्र्धनमा आफूलाई जीवनभर समर्पित गरेको बताएकी छन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘विचारअनुसारको व्यवहार र वचनअनुसारको कर्मका विशिष्ट उदाहरणका रूपमा रहनु भएका निधिबाट आजका र भावी पुस्ताले शिक्षा लिनुपर्छ ।’

राष्ट्रिय एकता एवं सामाजिक सद्भाव र सहिष्णुताको भावनालाई मजबुत बनाउन स्व निधिले राष्ट्रिय राजनीतिमा निर्वाह गरेका भूमिका सधैँ उल्लेखनीय रहिरहने बताउँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय दृष्टिकोण बोकेका निधि आम नेपालीको नेता रहेको बताइन् ।

उक्त अवसरमा २०७६ र २०७७ सालको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार क्रमशः वरिष्ठ पत्रकार होमनाथ दाहाल र साहित्यकार डा. रामदयाल राकेश तथा प्रेमसागरीदेवी निधि पुरस्कार लोकतन्त्रका अभियन्ता काशीदेवी झा र सामाजिक अभियन्ता गिरिराजकुमारी (ज्ञानु) प्रसाईँलाई प्रदान गरियो । दुवै पुरस्कारका राशी जनही १ लाख छ । झा दुर्गानन्द झाकी धर्मपत्नी र प्रसाईँ समाजवादी चिन्तक सीके प्रसाईकी धर्मपत्नी हुन् ।

शान्ति, अहिंसा, समुदायका बीचमा सद्भावना, लोकतन्त्र र सामाजिक न्यायका लागि अथक अभियन्ता निधिको स्मृतिमा २०५८ सालमा स्थापित महेन्द्र नारायण निधिले २०७० सालदेखि ती दुई पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त अवसरमा नेपाली काँग्रेसका उपसभापति एवं निधि प्रतिष्ठानका मानार्थ अध्यक्ष विमलेन्द्र निधिले जनताको अपनत्व नभएसम्म परिवर्तनले स्थायित्व नपाउने भएकाले अहिलेको राजनीतिक विवादको निकास संसद्बाटै खोज्ने प्रयास गर्नुपर्छ भने । उनले शान्ति र अहिंसाभित्र लोकतन्त्र र मानव अधिकारलगायतका विषय समेटिने भएकाले जनताका बीचमा गएर स्व निधिले विभेद्विरुद्ध र समानताको पक्षमा काम गरेको योगदान सबैका लागि अनुकरणीय रहेको बताए ।

पूर्वमुख्य सचिव एवं पुरस्कार छनोट समितिका संयोजक डा. विमल कोइरालाले लोकतन्त्र, सामाजिक न्याय र समुदायबीचमा सद्भावका लागि अविचलितरुपमा अभियन्ताका रुपमा काम गर्ने स्व निधि निष्ठा र सरलताका प्रतिमूर्ति रहेको बताए ।

संस्थाका अध्यक्ष पुरुषोत्तम दाहालले सिद्धान्त र विचारमा अडिग व्यक्ति सधैँ अमर रहन्छ भन्ने उदाहरणका रुपमा मातृभूमिमै रही अहिंसात्मक ढङ्गबाट पनि परिवर्तनको सम्भव पुष्ट्याइ गर्ने स्व निधि अहिंसामा विश्वास गर्ने सबै नेपाली राजनीतिज्ञका प्रेरणाका स्रोत रहेको बताए ।

स्व निधिका छोरा प्राध्यापक नवेन्द्र निधि, पुरस्कृत व्यक्तित्व दाहाल र राकेशले गान्धीवादी स्व निधि शान्ति र अहिंसाका पुजारी मात्र होइन, शालीन व्यक्तित्वका रुपमा स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस