१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कस्तो गुण भएका व्यक्ति राम्रो हाकिम बन्न सक्छन् ?

अ+ अ-

तपाईँका हाकिम कस्ता छन् ? आत्मविश्वासी ? निर्णायक ? उनीसँग सबै प्रश्नको जबाफ हुन्छ ?
अधिकांश मानिस असल नेतृत्वका गुण के हुन् भनेर सोध्दा यस्तै कुरा भन्छन्।

तर डाक्टर ज्याकलिन बाक्सटरका अनुसार हामी सबैले अब त्यसबारे पुनर्विचार गर्नुपर्छ। ‘तपाईँ आफ्नो आसपास रहेका नेतालाई हेर्नुहोस्,’ द ओपन युनिभर्सिटीमा पब्लिक पोलिसी एन्ड म्यानेजमेन्टकी सह–प्राध्यापक रहेकी उनी सुझाव दिन्छिन्।

‘के तपाईँले शान्त, विवेकी, कुराहरू सुन्ने र ध्यान दिएर निर्णय लिने व्यक्तिहरू देख्नुहुन्छ ? कि तपाईँले बिल्कुलै फरक देख्नुहुन्छ ?’

डाक्टर बाक्सटरको तर्क साधारण छ। उनी भन्छिन्, चर्को बोल्ने, तत्कालै समाधान दिने वा लोभलाग्दो मानसिक निर्णय क्षमता भएका आत्मविश्वासी व्यक्तिहरू सधैँ असल हामिक बन्न सक्दैनन्।

सहजै खुल्न सक्ने व्यक्तिकै नेतृत्वमा बढी प्रतिनिधित्व तर कर्मचारी बेखुश
अहिलेको सङ्कटपूर्ण परिस्थितिमा विचार पुर्‍याएर निर्णय लिनुपर्छ र शान्त नेतृत्वले त्यसो गर्न सक्ने उनले तर्क गरिन्।

‘सहजै घुलमिल हुने व्यक्तिहरू उपल्लो नेतृत्वदायी पदहरूमा हाबी छन्। एउटा अध्ययनले ९८ प्रतिशत माथिल्ला व्यवस्थापकहरूसँग त्यस्तो घुलमिल हुने क्षमता ‘उच्च’ वा ‘औसतभन्दा बढी’ रहेको पाएको थियो। तर मानिसहरू पूर्ण रूपमा आफ्नो नेतृत्वसँग सन्तुष्ट भएका छैनन्।’

सन् २०१७ मा अमेरिकी कार्यस्थलको अवस्थाबारे ग्यालपले गरेको सर्वेक्षणले उनको सिद्धान्तलाई बल दिन्छ। उक्त सर्वेक्षणमा आफ्नो सङ्गठनको नेतृत्वले बाँकी कर्मचारीसँग प्रभावकारी सञ्चार गरिरहेको भन्ने विषयमा १३ प्रतिशतले मात्रै पूर्ण सहमति जनाएका थिए।

आफ्नो भविष्यका बारेमा ‘उत्साहित’ रहेकाको सङ्ख्या १५ प्रतिशत मात्रै थियो र पाँचमध्ये एक कर्मचारीले मात्रै आफ्नो सङ्गठनको नेतृत्वसँग स्पष्ट दिशा रहेको धारणा राखेका थिए।

के त्यसो भए यो दुईवटा विषय जोडिएको छ ?
डा. बाक्सटर यो संयोगमात्रै नभएको ठान्छिन्। उनले भनिन्, ‘मलाई लाग्छ हामीले प्रभावकारी नेतृत्वलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणलाई पुनः परीक्षण गर्नुपर्छ।’

आफ्नो अनुभवलाई जोड्दै उनी भन्छिन्, अधिकांश नेतृत्वसम्बन्धी तालिमले घुलमिल हुने गतिविधिहरू जस्तै सम्पर्क विस्तार र प्रस्तुतिलाई ध्यान दिएका हुन्छन्।

उनले भनिन्, ‘त्यसले शान्त व्यक्तिहरूलाई गलत ढङ्गले सम्भवतः आफूसँग ‘असल नेता’मा हुनुपर्ने गुण नरहेको ठान्न बाध्य बनाउँछ।’

उसो भए के ले असल ‘शान्त नेता’ बनाउँछ र त्यसका लाभ के छन् ?
डाक्टर बाक्सटरले रोजा पार्क, महात्मा गान्धी वा बिल गेट्स शान्त नेतृत्वको उदारण भएको बताइन्।

उनले कम बोल्ने व्यक्तिहरूले धेरै लाभ ल्याउने उल्लेख गर्दै त्यस्ता व्यक्तिहरूले अझ बढी सुन्नसक्ने र आफ्नो समूहका विचारहरूलाई मन्थन गरी सोचेर मात्रै कदम चाल्ने बताइन्।

बिल गेट्स, रोजा पार्क र महात्मा गान्धी कम घुलमिल हुने व्यक्तिहरूले ढिलो गर्ने नभई ‘बढी विचार गर्ने र उपलब्धि र अवधारणामा आफ्नो समूहको हात रहेको विचार राख्ने’ उनले बताइन्।

‘नेतृत्व जटिल विषय हो। तर भाषण, बलजफ्ती र पारदर्शी सोचाइको विश्वमा सम्भवतः पछाडि उभिएर सुन्नुले नेता र उनीहरूका समर्थकलाई मजबुत बनाउन सक्छ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस