८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

अ+ अ-

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।

विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आवमा गत वर्ष सरी आएको महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ । चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ । यो आवको फागुन १८ गतेसम्म दर्ता भएका सम्बन्धविच्छेदका ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ । चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।‘युवा विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमान्श्रीमतीमा आशङ्का पैदा हुन्छ, चरित्रको आरोप लाग्छ’, उनले भने, ‘यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।’ उनले विवाह भनेको आपसी बुझाइ र सहमतिसहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताए ।

यस्तै चालु आवको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्दासम्बन्धी आठ, बहुविवाह पाँच, जबर्जस्ती करणीसम्बन्धी १७, लागुऔषधसम्बन्धी पाँच, चोरीसम्बन्धी नौ, आत्महत्या दुरुत्साहनसम्बन्धी दुई, बाल यौन दुरुपयोगसम्बन्धी दुई, अपहरण गरी बन्धकसम्बन्धी दुई, पशुपक्षीको कसुर छ, बोक्सी आरोपसम्बन्धी एक, विवाह बदर एक, बालविवाह एक, सङ्गठित ठगी एक, हातहतियारसम्बन्धी १०, करारको यथावत परिपालन एक, झुठो विवरण पेश गरी नागरिकता लिएको एक र घरेलु हिंसासम्बन्धी आठ मुद्दा परेको जिल्ला अदालत बागलुङले जनाएको छ ।

यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आवमा नयाँ दर्ता भएका २९० मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिलेसम्म रहेका ५९३ मुद्दामा २२१ मुद्दा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् । विसं २०७४ भदौ १ गतेदेखि मुलकी ऐन, २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागू भएको थियो । पहिलो मुलुकी ऐन जारी भएको १६४ वर्षपछि नयाँ मुलुकी ऐन आएको हो । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैवाहिक बलात्कार मुद्दा लाग्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस