काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ ।
नेकपा विवादबारे कुनै निर्णय नभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरुले आयोग जाने तयारी गरेका हुन् ।
बुधबार केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरेको थियो ।
यो समूहले गत माघ २० गते आयोगमा वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले भने यसबारे कुनै निर्णय गरेको छैन ।
११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि प्रचण्ड–माधव समूह निर्वाचन आयोगप्रति असन्तुष्ट छ ।