काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपुरमा सार्वजनिक भएका छन् । तीन वर्षसम्म भूमिगत राजनीति गरिरहेका नेकपाका महासचिव ‘विप्लव’ आज नवलपुरमा देखिएका हुन् ।
सरकार र विप्लव समूहबीच बिहीबार ३ बुँदे सहमति गर्दै वार्ता सकिएको थियो। सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध पनि फुकुवा गरेपछि विप्लव देखिएका हुन् ।
आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव एकै मञ्चमा देखिँदैछन्। उनी काठमाडौं आउने क्रममा नवलपरासीमा सार्वजनिक भएका हुन् ।सरकारले प्रतिबन्ध लगाएपछि विप्लव सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन्।
महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरिसकेका छन् ।