१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याउ उत्पादनमा कमी किसान चिन्तित

अ+ अ-

खलङ्गा ।जुम्लामा  गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार यस वर्ष १९ करोड बराबरको स्याउ जिल्लाबाहिर गएको छ । गत वर्ष यहाँबाट ३४ करोड बराबर स्याउको कारोवार भएको थियो । ‘गत वर्ष स्याउबाट दोब्बर आम्दानी भएको थियो’, वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले भने, ‘यस वर्ष ह्वात्तै घट्यो, स्याउको क्षेत्रफल बढिरहेका बेला उत्पादन घट्नुले किसान मर्कामा छन् ।’ उनका अनुसार गएको वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो तर यस वर्ष छ हजार दुई मेट्रिकटन मात्र स्याउ फलेको छ । पछिल्लो समयमा यहाँका किसान स्याउखेतीप्रति आकर्षित भए पनि उत्पादनमा हरेक वर्ष गिरावट भइरहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक बताउँछन् ।

जुम्लामा विगत दुई÷तीन वर्षयताकै स्याउ उत्पादन घटेको हो । समयमा हिउँ नपर्नु, बगैँचामा भाले जातको बिरुवा नहुनु, तालिमप्राप्त प्राविधिकबाट बिरुवा व्यवस्थापन नहुनुलगायतका कारणले स्याउ उत्पादनमा गिरावट आएको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नमराज सापकोटाले बताए । हचुवाको भरमा स्याउखेती गर्नाले पनि स्याउ नफलेको कृषि प्राविधिक बताउँछन् । ‘अन्य खेतिपातीको काम छाडेर स्याउखेती गरिरहेका छौँ तर अपेक्षाकृत उत्पादन हुन सकेको छैन’, स्याउ किसान नर रावलले भने ।

प्रतिक्रिया दिनुहोस