११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र तस्करबीच दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाइने

अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा मारिएका भारतीय युवकको शव आफन्तलाई बुझाउने तयारीमा प्रहरी जुटेको छ ।

लागुऔषध र नक्कली नोट बनाउने मेसिनसहित नेपाल भित्रिएका भारतको पिलिभित जिल्ला ग्राम भूमिदान राघवपुरी थानाका २० वर्षीय गोविन्दा सिंहको दोहोरो भिडन्तमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘नेपाल-भारत सीमा कटेर करिब ३०० मिटर वर आइसकेका चार भारतीय युवकसित झोला देखेपछि रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि नै फायर गरे’, उनले भने, ‘जवाफी फायरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।’ घटनालगत्तै मृतकका बुबा गुरदेव सिंह प्रहरीको सम्र्पकमा आएपछि मृतकको पहिचान खुलेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीसहितको टोलीले आज बिहाज घटनास्थलको स्थलगत अनुगमन गरेको छ । ‘हामी अहिले पनि घटनास्थलमै खटिएर थप अनुसन्धान गरिरहेकै छौँ’, प्रवक्ता थापाले भने, ‘शव बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।’ भारतीय पक्षसित पनि समन्वय भइरहेको बताउँदै प्रवक्ता थापाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने जानकारी दिए ।

मृतकका आफन्त प्रहरीको सम्र्पकमा रहेको बताउँदै उनले मृतक सिंह लामो समयदेखि उक्त क्षेत्रमा लागुऔषध, नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेर तस्करी गर्दै आएको खुल्नमा आएको जानकारी दिए । उनले भने ‘अन्य तीन भारतीय तस्कर भने फरार छन् ।’ उक्त दोहोरो भिडन्तमा नेपाल प्रहरीका जवान वीरसिंह साउँद सामान्य घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबिच गोली हानाहान, एकको मृत्यु

प्रतिक्रिया दिनुहोस