१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीलाई नेपालले भने- ‘तपाईंका फुर्ती देखाउने दिन गए, राजीनामा दिएर थोरै नैतिकता देखाउनुस्’

अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुर्ति देखाउने दिन गएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘धेरै फुर्ती नदेखाउनुहोस् । तपाईंका फुर्ती देखाउने दिन गए ।’

उनले आफूहरुले अन्तिम मौका दिएको भन्दै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर थोरै भए पनि नैतिकता देखाउन सुझाव दिए । उनले भने, ‘केपी ओलीलाई पनि हामी अन्तिम मौका दिइरहेका छौँ । राजीनामा दिनुहोस् नैतिकताको सानो अंश भए पनि देखाउनुहोस् । नभए इतिहासमा तपाईं सधैंभरी कलंकित मात्रै हुनुहुनेछ ।’

उनले प्रधानमन्त्री ओलीले प्रतिगमनको कदम चालेर आफैले बनाएको संविधानलाई मृत अवस्थामा पुर्‍याएर प्रतिनिधिसभालाई सिध्याउने अवस्थामा पुर्‍याउने अत्यन्तै प्रतिगामी कदम चालेको टिप्पणी गरे ।

सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिक दिशालाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको उनले उल्लेख गरे पार्टी अध्यक्ष तथा साधारण सदस्यबाट हटिसक्दा पनि प्रधानमन्त्री ओली पदमा बसिरहेको देखेर दुनियाँ नै चकित भएको उनले टिप्पणी गरे ।

उनले पार्टी नाम र चुनाव चिन्हको संघर्ष जारी नै रहेको भन्दै कसैले पनि आफूहरुप्रति कर्केनजर नलगाउन चेतावनी दिए । उनले भने, ‘कसैले पनि कर्के आँखा नदेखाए हुन्छ । मुल पार्टी यही हो । सूर्य चिन्ह यही पार्टीको हो । कसैले खोसेर लान सक्दैन । केपी ओलीसँग अझै पनि अलमलिएर बसेका मान्छेहरुलाई भ्रमबाट मुक्त भई मुल पार्टीमा समाहित हुन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस