६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली बजारमा भित्रिए आइप्रोका फिचर फोन

अ+ अ-

काठमाडौँ । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरू आधिकारिक रूपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रूपमा लन्च गरिएको थिएन ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरू मात्र बिक्री गर्नेछ भने भने बिस्तारै अन्य डिजाइनमा फोनहरू उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरू ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरूमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो । जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्व स्तरीय बारफोन उत्पादन गर्न सफल भएको छ ।

अमेरिकी र युरोपेली बजारमा आईप्रोका फोनहरू निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरू भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरूमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरू बिक्री गर्दै आएको छ ।

आगामी दिनमा आईप्रोका धेरै मोडलहरू समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ । काठमाडौँको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्व देखि पश्चिम नेपाल सम्म दिन सफल भएको छ ।

भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड बाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ ।

आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो । साधारण र निम्न आय हुने व्यक्तिहरू तथा ठुला कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराउनका लागि यसको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समय सम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी छन् ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरू ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध छन् । नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।

प्रतिक्रिया दिनुहोस