९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन÷कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको योजना सुनाइन् ।

उनले संविधान र ऐन÷कानूनले दिएको अधिकार प्रयोग गर्दै जनतालाई सेवा पुग्नेगरी काम गर्न आयोगलाई निर्देशनसमेत दिइन् । पूर्वमहिलामन्त्री थममाया थापाले महिलाबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका निम्ति एकजुट हुनुपर्ने बताइन् भने, पूर्वसमाजकल्याणमन्त्री भद्राकुमारी घलेले पछिल्लो राजनीतिक अस्थिरताका कारण जनतालाई सास्ती भएकाले स्थिरताका लागि आग्रह गरिन् ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगले महिलाविरुद्ध हिंसा निवारण, महिला सशक्तीकरण, खबर गरौँ ११४५ हेल्पलाइन सेवामार्फत प्रभावितलाई मनोसामाजिक परामर्श, कानूनी सहायता, आश्रयस्थलसम्बन्धी सेवा जनचेतना अभिवृद्धिलगायत क्षेत्रमा अनुगमन तथा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् । दिवसका अवसरमा आयोगले पूर्वमन्त्री घले र अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने मुस्कान खातुनलाई सम्मान गरेको छ ।

विसं २०५८ मा स्थापिवत आयोगले लैङ्गिक समानता, सशक्तीकरण र लैङ्गिक हिंसा निवारणमा जोड दिँदै आएको छ । महिला अधिकारको सुनिश्चितता गर्न नेपालको संविधानले आयोगलाई संवैधानिक अङ्गका रुपमा मान्यता दिएको छ ।

प्रतिक्रिया दिनुहोस