६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरुषसँग समान काम, ज्याला भने आधा कम

अ+ अ-

गलेश्वर । ‘मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ,’ म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भने, ‘समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।’

‘मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु’, म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आएकी ३७ वर्षीया तिला किसानले भने, ‘पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर, ज्याला पाउँदा पुरुष कामदारले दैनिक एक हजार पाउँछन् भने मैले ६०० मा चित्त बुझाउनुपर्छ ।’

‘काम भने पुरुषले भन्दा बढी गर्नुपर्छ, ज्याला भने थोरै पाउँछौँ’, बेनी नगरपालिका(२ बगरफाँटमा मकै रोप्नका लागि मलको डोको बोकेर खेततर्फ जाँदै गरेकी चन्द्रा विकले भनिन्, ‘एउटै कामको अलगअलग ज्याला थाप्ने गरेको धेरै भयो ।’

आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा ग्रामीण भेगका महिलाको अवस्था भने दशकौँअघिकै जस्तै रहेको छ।

कृषि, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा समेत महिला पारिश्रमिकमा ठगिँदै आएका छन् । यी महिलाका भनाइ त प्रतिनिधि मात्रै हुन्, म्याग्दीका हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित छन् ।

दिनभरी खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदूरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् ।

पुरुष कामदारसँगै दिनभरी काममा घोटिने र पुरुषले भन्दा बढी काम गर्ने महिला श्रमिकले ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् । जिल्लाका धेरै महिला श्रमिक पुरुषको तुलनामा बढी काम गर्ने दाबी गर्छन् । ‘सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानी गर्ने गर्छन्’, म्याग्दी नदी किनारमा ग्याबिन जाली भर्न ढुङ्गा बोक्दै गर्नुभएकी सविना परियारले भने, ‘हामीले खुरुखुरु काम गर्छौं । लगाएको काममा पूरै ध्यान दिन्छौँ तर, ज्यालामा ठगिन्छौँ ।’

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि, उद्योग, पूर्वाधार निर्माणदेखि लिएर शैक्षिक क्षेत्रसमेत महिलाकै बल बुतोमा धानिएको छ । यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् तर जिल्लालाई नै धानेका तिनै महिला पारिश्रमिकमा भने वर्षौंदेखि ठगिँदै आएका महिला अधिकारकर्मी जमुना आचार्यले बताए ।

कृषि क्षेत्रको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ तर, तिनै महिला पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनुपरेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरे पनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् ।

जिल्लाका महिला अधिकारकर्मी र मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्यालामा वृद्धि हुन नसक्नु दुःखद् पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिला अधिकारकर्मी हीरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताइन् ।

महिला अधिकारकर्मी एवं नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको बताइन् ।

म्याग्दीको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कूल श्रमिक सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी महिला संलग्न रहेका निर्माण व्यवसायीले बताएका छन् । जिल्लाभित्र र बाहिरका गरी ४२ प्रतिशत महिला मजदुरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका भए पनि उनीहरुको बारेमा आवाज उठाउने निकाय भने मौन छन् ।

प्रतिक्रिया दिनुहोस