८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ : मुख्यमन्त्री भट्ट

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज शुभकामना सन्देश दिदै जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्ने बताएका छन् ।

‘नेपालको संविधानले लङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ’, उनले सन्देशमा भनेका छन्, ‘महिलाको राजनीतिक संवैधानिक अधिकारका साथै महिला स्वतन्त्रता, समानता र न्यायका लागि भएका विगतका विभिन्न बलिदानीपूर्ण सङ्घर्षको सम्मान गर्दछौँ ।’

उनले सन्देशमा सामाजिकरुपमा देखिएको विकृति, विसङ्गति र महिलालाई गरिने भेदभाव अन्त्यका लागि सामाजिक न्यायसहितको रुपान्तरणको अभियानमा सहभागी हुन र क्षतिपूर्तिस्वरुप थप अधिकारका लागि अवसर प्रदान गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । ‘सय अवसरमा सम्पूर्ण महिला दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु’, मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भने ।

प्रतिक्रिया दिनुहोस