८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

अ+ अ-

एजेन्सी । म्यानमारमा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक जना अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको छ।

नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो। खिन सन् २०२० को चुनावमा एक जना मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए।

एनएलडीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताए।

‘उनलाई रातभरि यातना दिएर मारेको देखिन्छ, यो अस्वीकार्य छ,’ उनले भने।

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो।

थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन्। म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले ुसटडाउनु गर्न लागेको जनाएको छ।

म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस