८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराको महागढीमाई नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

अ+ अ-

बारा । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाडौँसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले यस्तो निर्णय गरेको नगरप्रमुख उपेन्द्रप्रसाद यादवले बताए । मुटु, मिर्गौलालगायतका दीर्घरोगीलाई उपचार खर्चको लागि वार्षिक रु २० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

नगरपालिकाभित्र सुरक्षित सुत्केरी गराउन चार वटा बर्थिङ सेन्टर स्थापना गरिने, स्वास्थ्य क्षेत्रको सुधारको लागि वार्षिक रु ८० लाख उपलब्ध गराउँदै आएकोमा आउँदो आर्थिक वर्षदेखि सो रकम बढाएर रु एक करोड ५० लाख बजेट छुट्याउने, कृषि क्षेत्रमा रु एक करोड ५० लाख, पर्यटकीय क्षेत्रको विकासको लागि शक्तिपिठ गढीमाई मन्दिर, पाटीपौवा, पोखरी सौन्दर्यीकरणको लागि रु एक करोड ५० लाख रकम विनियोजन गर्ने योजना रहेको नगरप्रमुख यादवले बताए ।

जम्मा ११ वडा रहेको सो पालिकामा ६५ हजार जनसङ्ख्या छ । नगरपालिकाभित्र वातावरण संरक्षणको लागि चार हजार बोटबिरुवा रोपिने, शौचालयको सरसफाइको लागि न्यूनतम मूल्यमा सफाइ मेसिन उपलब्ध गराउने निर्णय भएको छ । वडा नं ४ मल्हनी टोलमा रहेको बालविकास प्राथमिक विद्यालय विद्यार्थीबिना सञ्चालनमा रहेकोले विद्यार्थी ल्याउन घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।

करीब २० वर्ष पुरानो विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द गरेकाले विद्यार्थी अन्यत्र गएपछि विद्यार्थीविहीन भएको थियो । राससमा सो विद्यालय सम्बन्धमा ‘विद्यालय छ विद्यार्थी छैन’ भन्नेबारे समाचार आएपछि नगरपालिकाले घरदैलो कार्यक्रम थालेको नगरप्रमुख यादवले बताए ।

विद्यालयका प्रधानाध्यापक शर्मानन्दप्रसाद साहले भने,’व्यवस्थापन समितिविहीन रहेको सो विद्यालयमा घरदैलो कार्यक्रम सञ्चालन गरेपछि अहिले करीब ५० विद्यार्थी पढन थालेका छन् ।’ विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी मात्र रहेकोमा नगरपालिकाले थप एक शिक्षक पठाउने भएको छ । अहिले कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा अब उप्रान्त कक्षा ५ सम्म पठनपाठन हुने व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस