काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्नका लागि सुझाव माग गरेको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली,२०५५ परिमार्जन गर्नुपर्ने भन्दै सरोकारवालासँग सुझाव माग गरेको हो।
ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरूको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न आग्रह गरेको छ ।